प्रजातन्त्र दिवसका अवसरमा भूमि मन्त्री चौधरीले दिईन शुभकामना

दुल्लु खबर
७ फागुन २०८० १४:३४

काठमाडौँ । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ७४औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। समाजिक संजाल मेटामा शुभकामना सन्देश लेख्दै मन्त्री चौधरीले ,” यो दिनले हाम्रो देशको लोकतन्त्र, स्वतन्त्रता, र न्यायको महत्त्वपूर्ण महत्वलाई याद गराउँछ “, भन्ने स्मरण गराएका छन्।

मन्त्री चौधरीले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै यस अवसरमा, हामी सबैले आफ्नो देश र जनतासँग सुशासन, समृद्धि, र पहिचानको लागि प्रतिबद्ध रहन आग्रह गरेका छन् । उनले प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन्।

वि.सं. २००७ फागुन ७ गते १०४ वर्षीय निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको दिनको सम्झनामा आजको दिनलाई प्रतातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ।


धेरै पढिएको