साहित्यकार सुवेदीको निधन

दुल्लु खबर
१४ चैत २०८० १२:१६

विराटनगर — विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको बुधबार बिहान निधन भएको छ । ७८ वर्षीय सुवेदी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

सुवेदीका दर्जनबढी मौलिक कृति छन । डेढसय भन्दाबढी पुस्तकको सम्पादन गरेका सुवेदीले दुई सय भन्दा बढी लेखकका कृतिमा भूमिका निभाएका थिए । उनका समालोचना संग्रह विभिन्न विश्वविद्यालयका पाठ्यक्रमका रुपमा समावेश छन् ।

उनको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले शोक व्यक्त गरेका छन । सुवेदीको पार्थिव शरिरलाई बुधबार नै विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको उनका भाई दिनेश सुवेदीले बताए ।


धेरै पढिएको