दुर्घटनामा २ जनाको मृत्यु भएपछि सडक अवरुद्ध

दुल्लु खबर
११ चैत २०८० १५:३१

दाङ — देउखुरीको राजपुरमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले आइतबार राजपुर र लमही नगरपालिका-८ जहरेचोकमा राजमार्ग अवरुद्ध पारेका हुन् ।

हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् । स्थानीयको अवरोधका कारण सवारी साधन अवरुद्ध छन्। सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जनकबहादुर मल्लले बताए ।

शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका- ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख२३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षका प्रदीप यादवको मृत्यु भएको थियो ।

धेरै पढिएको

बराङ जादा सूटुक्क गए

१२ वैशाख २०८१ १६:५६

भोलि सार्वजनिक बिदा

१० वैशाख २०८१ १५:०९