सभामुखले छलफलका लागि बोलाए ४ दलका शीर्ष नेता

दुल्लु खबर
२६ चैत २०८० १०:५७

काठमाडौँ — सभामुख देवराज घिमिरेले ४ राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित ४ ठूला दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन् ।

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी स‌ंलग्नता सम्बन्धमा छानबिन समिति माग गरेको विषयमा छलफल गर्न सभामुखले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा हुने बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेलाई छलफलका लागि बोलाएका हुन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति नबने चैत २७ गतेदेखि सदन अवरुद्ध गर्ने चेतावनीसमेत दिएको छ ।