३० भाद्र, काठमान्डौ । शिवपुरी नार्गाजुन राष्ट्रीय निकुञ्ज भित्र निमार्ण भइरहेको ढाँप ड्याम अन्तिम चरणमा पुगेको छ, झण्डै ९८ प्रतिशत काम सम्पन्न भएको आयोजनाका इन्जिनीयर निश्चल छत्कुलीले जानकारी गराए ।
बर्षा याममा पानि संकलन गरी हिउदमा बाग्मती नदिमा पानि खसाल्ने योजना सहित २४ मी. अग्लो ड्याम निमार्ण गरीएको हो । बाँधमा वार्षिक ८ लाख ५० हजार घन मी. पानी संकलन गर्न सक्ने क्षमता छ । बाग्मती सुधार आयोजना, आयोजना कार्यान्वयन सिंचाइ इकाइका इन्जिनियर छत्कुलीका अनुसार अहिले ड्याममा ८ लाख घन मी. पानी जम्मा भइसकेको छ, आगामी कार्तीक महिना देखि परिक्षणका रुपमा पानि छोड्ने तयारी भइरहेको छ ।
अब हिउदका महिनामा बाग्मती नदिमा प्रत्येक दिन ४०० लि. का दरले पानी खसाल्न सकिन्छ । बाग्मती नदिमा पानी खस्न सुरु गरेपछि नदि सफा र स्वच्छ हुनेछ । प्रतिसेकेन्ड ४० ली. का दरले वर्षै भरी बाग्मति नदिमा पानि खसाल्न सकीने भए पनि ४० ली. पानिले नदिमा पानीको बवाह खासै नबढ्ने र नदि सफा पनि नहुने भएकाले पशुपति विकास कोष संग को समन्वयमा हिउदमा पर्ने ठुला चाडपर्वमा सहयोग पुग्ने गरी पानी छोड्ने सहमति भएको छ ।
नेपालमै पहिलो पटक (कंकृट फेस रकफिल्ड ड्याम) CFRD यस प्रकारको ड्याम निमार्ण गरीएको हो । धाम ड्याम क्षेत्रमा सुरक्षा तथा संचालन गर्नका लागी विद्युतीकरणको कार्य पनि सम्पन्न भएको छ ।