सुर्खेत । दैलेखकाे आठबीस नगरपालिका-२ सिस्नेमा भएकाे बस दुर्घटनामा मृत्यु भएका २ जनाकाे पहिचान खुलेकाे छ । मृत्यु हुनेमा दैलेख दुल्लु नगरपालिका ९ बस्ने ३२ वर्षीय धिरेन्द्र सुनार र साेही ठाउँका ६६ वर्षीय कासिराम पाण्डे रहेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ ।
प्रहरीका अनुसार बस दुर्घटनामा ३८ जना घाइते भएकाे छन् । तीमध्ये १५ जनालाइ स्थानीय मेडिकल उपचार भैरहेकाे छ भने २३ जनालाइ प्रदेश अस्पताल सुर्खेततर्फ ल्याउन लागिएकाे छ ।
बसमा ५०-६० जना यात्रु सवार भएकाे अनुमान गरिएकाे प्रहरीले जनाएकाे । अन्य विवरण आउन बाँकी छ ।