सुर्खेत । मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दैलेखको आठबीस नगरपालिका–२ स्थित सिस्नेबाट बुधबार बेलुका साढे आठ बजेतिर म १ ख ६६० नम्वरको बस दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भूवनेश्वर तिवारीले जानकारी दिए। उनका अनुसार अहिले मृतक र घाइतेहरुको उद्धार भैरहेकाेले थप विवरण आउन बाँकी छ ।