सुर्खेत । स्थानीय तह निर्वाचनका लागि आह्वान म्यादी प्रहरी पदमा कर्णाली प्रदेशभर कुल २१ हजार दुई सय ५४ जनाले आवेदन दिएका छन् । कर्णालीमा सात हजार सात सय १३ जनाका लागि आवेदन माग गरिएको थियो ।
म्यादी प्रहरीका लागि आएका आवेदनमा चार हजार चार सय ३६ जना महिला र १६ हजार आठ सय १८ जना पुरुष रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।
म्यादी प्रहरीका लागि सुर्खेतमा सबैभन्दा धेरै आवेदन परेको छ । पाँच हजार एक सय ७२ जनाले सुर्खेतमा म्यादी प्रहरीकालागि आवेदन दिएका हुन् । प्रदेश प्रहरीका अनुसार सुर्खेतका लागि एक हजार दुई सय ६१ जना म्यादी प्रहरी माग गरिएको थियो ।
रुकुम (पश्चिम)मा दुई हजार १०, सल्यानमा तीन हजार चार सय आठ, डोल्पामा सात सय ४७, जुम्लामा दुई हजार दुई सय ८५, मुगुमा एक हजार ३७, हुम्लामा पाँच सय २४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् ।
यसैगरी कालिकोटमा एक हजार तीन सय ४२, जाजरकोटमा दुई हजार ५६र दैलेखमा दुई हजार ६ सय ७३ जनाले आवेदन दिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।