सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक अध्यक्षता गर्ने गरी पाँच जना सांसदलाई मनोनीत गरिएको छ। सभामुख र उपसभामुखकाे अनुपस्थितिमा संसद बैठकको अध्यक्षता गर्ने गरी मनोनीत गरेका हुन्।
कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम ११ (२) अनुसार सांसदहरू दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनासिंह रखाल, रातो कामी र सोशिला शाहीलाई मनोनीत गरिएको हो।
मनोनीत भएका सांसदले प्रदेश सभाका सभामुख र उपसभामुख दुवैको अनुपस्थिति भएको अवस्थामा संसद बैठकको अध्यक्षता गर्नेछन्।