सुर्खेत । बाग्मती प्रदेश लोकसेवा आयोगले गरेको विज्ञापनप्रति सेनटर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले ध्यानाकर्षण जनाएको छ । आयोगको माघ १० गते प्रकाशित सूचनाको विज्ञापन नं. ९८/०७८–७९ मा इन्जिनियर पदको तह ‘छैठौं’ निर्धारण गरेको प्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।
‘नेपाल सरकारको निजामति सेवा एवम् नेपाल सरकार अन्र्तगतका संस्थानहरमा कायम रहेको इन्जिनियर पदको तह बमोजिम हुने गरी संशोधित विज्ञापन प्रकाशित गर्न प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश समक्ष जोडदार माग गर्दछ ।’ सिडेन महासचिव ई. रोशन राज गिरीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा लेखिएको छ, ‘प्रदेश र स्थानीय तहमा हाल कार्यरत इन्जिनियरहरुको र आगामी हुने इन्जिनियर पदको विज्ञापनमा नेपाल सरकारको संघिय निजामति सेवा सरह तह र श्रेणी कायम गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’