काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर विधिबाट गरिएको २५ हजार ९०९ परीक्षणमा देशभर १२ हजार ८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
१८ हजार १०३ पीसीआर परीक्षणमा ९ हजार ४३२ र ७ हजार ८०६ एन्टिजेन जाँच गर्दा २ हजार ५७६ जना संक्रमित फेला परेका हुन् ।
हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् ।