सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विवाद चुलिएको छ । नेतृत्वले एकपक्षीय निर्णय गरेको भन्दै विवाद बनेको हो । केही दिनअघि सम्पन्न आठौं जिल्ला अधिवेशनदेखि विवादित हुदै आएको हो ।
पछिल्लो समय प्रदेश अधिवेशनका लागि प्रतिनिधी छनोटका विषयमा विवाद भएको हो । विवादकै बीच प्रदेश अधिवेशनका लागि दुई वटै समुहले समानान्तर प्रतिनिधी छनोट गरी निणयार्थ पठाएका छन् ।
जिल्लातहमा प्रदेश इञ्चार्ज यामलाल कँडेल र नेता डण्डीप्रसाद शर्माबीच दुई छुट्टा–छुट्टै समुह देखा परेका छन् । यी दुई वटै समूहले आफु निकट नेता–कार्यकर्ताको भेला गरी निणयार्थ प्रतिनिधी छनोट गरेका हुन् ।
जिल्लाकाे निर्वाचन क्षेत्र नं. २ प्रदेश क बाट समानान्तर प्रतिनिधि छनाेट गरिएकाे हाे ।
कँडेल निकट समूहले माघ ८ गते (शनिबार) भैरवस्थान माध्यामिक विद्यालयमा सिमित संगठीत सदस्यमात्र राखी मनोमानी ढंगले प्रतिनिधी छनोट गरेकोले अस्वीकार गरिएको शर्मा निकट समूहको आरोप छ । मनामोनी तरिकाले प्रतिनिधी छनोट गरिएको भन्दै संगठीत सदस्यहरुको भेलाबाट प्रतिनिधी छनोट गरिएको शर्मा निकट समुहको दावी छ ।
कँडेल निकट समुहले शनिबार प्रतिनिधी छनोट गरेको थियो भने शर्मा निकट समुहले आज भेला बसी प्रतिनिधी छनोट गरेको हो ।