सुर्खेत । सुर्खेतस्थित पर्यटकीय स्थल बुलबुले उद्यान पर्यटकका लागि बन्द गरिएकाे छ । सुर्खेत उपत्यका नगरविकास समितिले आजदेखि लागु हुने गरी बन्द गरेकाे हाे ।
अर्काे सूचना जारि नहुन्जेलसम्मका लागि आन्तरिक तथा बाह्य पर्यटकका लागि बुलबुले उद्यान बन्द हुने छ ।
काेराेना जाेखिमलाइ मध्यनजर गर्दै बुलबुले उद्यान बन्द गरिएकाे उपत्यका नगरविकास समितिका सदस्य सचिव हरि प्रसाद देवकाेटाले जानकारी दिए ।