सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवा प्रवाहलाई बार प्रणाली लागु गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको प्रभाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बार प्रणाली लागु गरेको हो ।
नेपाली नागरिकता सम्बन्धी कार्य, राष्ट्रिय परिचयपत्र सम्बन्धी कार्य, फोटोसहितको मतदाता नामावली दर्ता तथा विद्युतीय राहदानी सम्बन्धी कार्यका लािग सेवा प्रवाह गर्न बार प्रणाली तोकिएको प्रशासकीय अधिकृत रामबहादुर बुढाले जानकारी दिए ।
कार्यालयका अनुसार आगामी माघ १० गते आइतबारदेखि बार प्रणाली लागु हुनेछ ।
बार प्रणाली अनुसार आइतबार/शुक्रबारका दिन लेकबेसी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र पञ्चपुरी नगरपालिका, मंगलबारका दिन वीरेन्द्रनगर नगरपालिका र सोमबार/मंगलबारका दिन भेरीगंगा नगरपालिका, चिंङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकाको लागि सेवा प्रवाह गरिने बार तोकिएको छ ।
यस्तै, बुधबार/विहिबाचर भने गुर्भाकोट नगरपालिका, सिम्ता गाउँपालिका र चौकुने गाउँपालिकाका नागरिकले सेवा लिनसक्ने बताइएको छ ।
साथै, सेवाग्राहीले कार्यालयमा आउँदा अनिवार्य रुपमा स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई पूर्ण खोप लगाएको खोपकार्ड वा सोको मोबाइलमा खिचिएको फोटो भएपनि लिएरमात्रै उपस्थित हुनपाउने जनाइएको छ ।