काठमाडाैं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा नेविसंघले प्रदर्शन गरेका छन्। कलेजले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क माग गरेको विरोधमा नेविसंघले शुक्रबार प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘विद्यार्थीलाई न्याय दे, मेडिकल माफिया मुर्दावाद, अतिरिक्त शुल्क खारेज गर’ लगायत लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।
नेविसंघ नेता शिव रिमालका अनुसार काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क माग गरेकोले विरोध गरिएको हो।
‘अतिरिक्त शुल्क लिन पाइँदैन। शुल्क लिने निर्णय खारेज नगरेसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने।