Sunday, May 29, 2022
Dullu Khabar
  • होम
  • मुख्य समाचार
    क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

    सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

    दैलेखको जनसंख्या घट्यो, कुन पालिकामा कति ?

    दैलेखमा यी हुन् गठबन्धनको पूर्वसहमति कार्यान्वयन भएका एक र नभएका १० पालिका

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    सुर्खेतमा २० मतदानस्थल अति संवेदशनील

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल, कांग्रससँग मित्रवत प्रतिस्पर्धा गर्ने

    हप्तामा २ दिन सार्वजनिक बिदा दिन सिफारिस

    कर्णालीमा यो वर्ष सात दिन सार्वजनिक विदा थपियाे

    सुर्खेत उद्याेग वाणिज्य संघ : विवाद समाधान गर्न समिति गठन, लगाएकाे ताला खुल्यो

    उद्योग वाणिज्य संघ निर्वाचन : खड्का र कँडेल प्यानलबीच प्रतिस्पर्धा, गठबन्धनको साथ खड्का प्यानललाई

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    टाइफाइड विरुद्धको खोप अभियान सुरु

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    मन्त्रिपरिषद्को बैठकबाट २० देशमा राजदूत सिफारिस

    तस्वीरमा दैलेख सदरमुकाम !

    दैलेखमा चुनावी तालमेल गर्ने गठबन्धन दलको निर्णय

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    सभापति शाहीले गरे कांग्रेस प्रदेश संसदीय समिति सदस्य मनोनयन

    पर्यटन विकासका आधार पाँच ‘प’

    पर्यटन विकासका आधार पाँच ‘प’

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    उद्योग वाणिज्य संघको विवाद सुल्झाउन प्रशासन उदासीन

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी पूरा

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम वीरेन्द्रनगर

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    कर्णाली उत्सव सहयोगार्थ प्रदेश सरकारको अनुचित निर्णय

    इजरायल पठाउने भन्दै ठगी

    इजरायल पठाउने भन्दै ठगी

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    म्यादी प्रहरीका लागि कर्णालीमा २१ हजार दुई सय ५४ जनाको आवेदन

    Trending Tags

    • प्रदेश/स्थानीय सरकार
      • स्थानीय
      • प्रदेश
    • विशेष
    • समाज
    • अर्थ खबर
    • खेलकुद
    • सूचना प्रबिधि
    • विचार/ब्लग
    • अन्य
      • पत्रपत्रिका
      • शिक्षा
      • स्वास्थ्य
      • साहित्य
      • फाेटाे ग्यालरी
      • घुमफिर
      • सूचना प्रबिधि
    • Video
    • Epaper
    No Result
    View All Result
    TRENDING
    कर्णाली प्रदेश सुर्खेत दैलेख काँग्रेस महाधिवेशन काेराेना अपडेट वीरेन्द्रनगर नगरपालिका काेराेना कहर अनियमितता

      सरकारी अनुदान लिएर अलपत्र कोल्ड स्टोर

      चार वर्षदेखि फाउन्डेशनमात्रै

      नविन शाही by नविन शाही
      ९ पुष २०७८, शुक्रबार ०७:०५
      110
      SHARES
      1.2k
      VIEWS
      FacebookTwitter
      सरकारी अनुदान लिएर अलपत्र कोल्ड स्टोर

      औद्याेगिक क्षेत्र परिसरमा निर्माण अलपत्र परेकाे काेल्ड स्टाेर । तस्वीर : नविन शाही

      https://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2022/02/add-Madhyapaschim_Dental__Chasma_ghar_Final-scaled.jpg

      सुर्खेत । कोल्ड स्टोर (चिस्यान केन्द्र)का लागि सरकारी अनुदान लिएर पनि अलपत्र छोडिएको छ । वीरेन्द्रनगर–१२ स्थित औद्योगिक क्षेत्र परिसरमा निर्माण गर्न लागिएको कोल्ड स्टोर निर्माण कार्य अलपत्र छोडिएको हो ।

      कोल्ड स्टोर सञ्चालनका लागि व्यक्तिगत कम्पनीलाई सरकारी अनुदानमा सामेल गराइएको थियो । उच्च मुल्य कृषि विकास परियोजना (एचभिएपी) र कर्णाली प्रदेश सरकारको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगत रहेको कृषि विकास निर्देशनालयले उक्त कम्पनीका लागि संयुक्त अनुदान दिएका थिए ।

      कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिले कोल्ड स्टोर सञ्चालन गर्ने उद्देश्यका साथ भवन निर्माण समेतको जिम्मा पायो । २०७४/०७५ बाट निर्माण सुरु गरिएको उक्त कोल्ड स्टोर निर्माण कार्य हालसम्म पनि सम्पन्न भएको छैन । कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिले कोल्ड स्टोर निर्माणको काम सम्पन्न नगरी अपुरो छोडेको हो ।

      एचभीएपीले आर्थिक वर्ष २०७४/०७५ मा तीन किस्ता गरी ६९ लाख ८९ हजार र कृषि विकास निर्देशनालयले आर्थिक वर्ष २०७६/०७७ मा २७ लाख १२ हजार अनुदान कोल्ड स्टोर निर्माणका लागि भुक्तानी दिइसकेको छ । जसमा कोल्ड स्टोर सञ्चालनका लागि कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिले थप रकम आफै व्यहोर्नुपर्ने हुन्छ । तर एक करोड रुपैयाँ बराबरको अनुदान पाएको सो कम्पनीले आफ्नो सहलगानी नगरेर सरकारी अनुदान फजुल खर्च गराएको हो ।

      सरकारी निकायबाट प्राप्त अनुदान र कम्पनीको सहलगानीलाई कुलजम्मा गर्दा करिव २ करोड लागत हुन जान्छ । तर, हाल भवनको ग्राउण्ड लेभल फाउण्डेशनको निर्माण मात्रै गरिएको छ । यता कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिले भने हालसम्म मात्रै तीन करोड रुपैयाँ लगानी भईसकेको दावी गरेका छन् ।

      अनुदान दिने निकाय एचभिएपी र कृषि विकास निर्देशनालयले पूर्वाधार निर्माणको मुल्यांकन नगरी अनुदान रकम भुक्तानी दिएको सोझै देखिन्छ । एचभिएपी परियोजना हाल कार्यान्वयनमा छैन भने कृषि क्षेत्र विकास परियोजनाले एचभिएपीसँग सम्बन्धीत कार्यहरु गर्दै आएको छ ।

      कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिका सञ्चालक वीरेन्द्रनगरका पाँच व्यापारीहरुको संयुक्त लगानीमा खोलिएको कम्पनी हो । कलाधर उपाध्याय (केदार शर्मा), प्रकाश अधिकारी, लक्ष्मण कँडेल, प्रवल शाही र काठमाडौंका समीर नेवार यसका सञ्चालक हुन् ।

      उसो त कम्पनी सञ्चालक समितिका अध्यक्ष समेत रहेका उपाध्याय वीरेन्द्रनगर औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष समेत हुन् । औद्योगिक क्षेत्र संघका अध्यक्ष समेत रहेका उनैले सञ्चालन गर्न लागेको कोल्ड स्टोर ओद्योगिक क्षेत्रको कानुनविपरित निर्माण कार्य अलपत्र छोडिएको छ ।

      ‘सम्झौता खारेजी प्रक्रियामा छौं’– औद्योगिक क्षेत्र

      कर्णाली कोल्ड चेन लजिष्टिक प्रालि र वीरेन्द्रनगर औद्योगिक क्षेत्रबीच २०७४ माघ १५ गते कोल्ड स्टोर निर्माणका लागि सम्झौता भएको थियो । औद्योगिक क्षेत्र अन्र्तगत रहेको १० रोपनी जग्गामा कोल्ड स्टोर निर्माण गर्नेगरि सम्झौता भएको हो ।

      सुर्खेत उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष प्रकाश अधिकारी उक्त कम्पनीका अध्यक्ष थिए । औद्योगिक क्षेत्रमा जग्गा प्राप्तीका लागि कम्पनीको अध्यक्षका हैसियतले सम्झौतामा उनैले हस्ताक्षर गरेका छन् ।

      ‘कोल्ड स्टोर निर्माण कार्य सम्पन्न गरि सञ्चालनमा ल्याउन लिखित तथा मौखिक रुपमा पटक–पटक ताकेता गरिएको छ’ वीरेन्द्रनगर औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बन्जाडेले भने, ‘आजका मितिसम्म काम सम्पन्न नगरि अलपत्र छोड्दा कार्यालयको तर्फबाट कारबाहीको तयारी हुदैछ ।’

      वीरेन्द्रनगर ओद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालनका लागि सम्झौता भएको मितिले ६ महिनाभित्र पूर्वाधार निर्माणको काम सुरु गरी दुई वर्षभित्र उद्योग सञ्चालनमा ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही कानुनी व्यवस्थालाई आधार मान्ने हो भने कम्पनीले सम्झौता गरेको मितिले चार वर्ष अवधिसम्म पनि कोल्ड स्टोर निर्माण प्रक्रिया पुरा गर्न सकेको छैन ।

      वीरेन्द्रनगर औद्योगिक क्षेत्रले उक्त कम्पनीलाई समयमा निर्माण कार्य सम्पन्न नगरेकोमा पहिलो चरण अन्र्तगत जरिवाना पनि तिराएको थियो । बन्जाडेले भने, ‘सम्झौता अनुसार समयमा निर्माण कार्य सम्पन्न नगरेकोमा हामीले पहिरो चरण अन्र्तगत कम्पनीलाई कारवाही पनि गरेका थियौँ । उहाँहरुले जरिवाना समेत तिर्नुभएको हो ।’

      बन्जाडेका अनुसार अव वीरेन्द्रनगर औद्योगिक क्षेत्र कार्यालय उक्त कम्पनीसँग भएको सम्झौता खारेजीको प्रक्रियामा लागेको छ । सम्झौता गरेको चार वर्षसम्म उद्योग सञ्चालनमा नआएपछि औद्योगिक क्षेत्रले कारबाहीका लागि प्रक्रिया सुरु गरेको कार्यालय प्रमुख बन्जाडेले जनाए ।

      कम्पनीले कोभिड–१९ महामारीको कारण देखाएकोले व्यवहारिकतालाई ख्याल गरि तत्काल सम्झौता खारेज नगरिएको बन्जाडेको भनाई छ । उनका अनुसार चालु आर्थिक वर्षभित्र उद्योग सञ्चालन हुन नसके औद्योगिक क्षेत्रले सम्झौता खोरज गर्नेछ ।

      सम्झौता बमोजिम काम नभएको अवस्थामा उद्योग कब्जा र सम्झौता खारेजी हुनसक्ने औद्योगिक क्षेत्रको नीति छ ।

      लागत अनुमानको भरमै भुक्तानी

      आर्थिक वर्ष २०७६/०७७ मा कृषि विकास निर्देशनालयले २७ लाख १२ हजार बराबरको रकम अनुदान कोल्ड स्टोर निर्माणका लागि भुक्तानी दिएको थियो ।

      एचभिएपी र निर्देशनालयबाट कुल अनुदान रकम एक करोड रुपैयाँ बराबर हुन जान्छ । यसमा सहलगानीमा कम्पनीले सोही अनुदान रकम बराबर खर्च गरेको हुनुपर्दछ । कोल्ड स्टोर निर्माणका लागि लागत अनुमान गरेर अनुदान रकम भुक्तानी दिएको कृषि विकास निर्देशनालको कार्यालय बताउछ ।

      ‘कृषि विकास निर्देशनालयबाट भुक्तानी भएको भनेपनि त्यस अवधिमा मन्त्रालयमार्फत अनुदान दिइएको हुनुपर्छ’ कृषि विकास निर्देशक चित्र बहादुर रोकायले भने, ‘लागत अनुमान गरेरमात्रै भुक्तानी दिएको बुझिएको छ । तर उक्त कम्पनी विवादमा आएको खबर पाएपछि थप अनुदान रकम दिएका छैनौं ।’

      सरकारी निकायबाट प्राप्त अनुदान र कम्पनीको सहलगानीलाई कुलजम्मा गर्दा करिव दुई करोड रुपैयाँ लागत हुन जान्छ । तथापी कम्पनी सञ्चालकले तीन करोड रुपैयाँ बराबर लगानी गरिसकेको दावी गरिरहेका छन् ।

      कार्यप्रगती र कुल लगानीको प्राविधिक मुल्यांकन गरेरमात्रै अनुदान रकम भुक्तानी गर्नुपर्ने हो तर निर्माण स्थलमा ग्राउण्ड लेभल फाउण्डेशनको मात्रै काम भएको हुँदा अनुदान प्रदायक निकाय र उद्योगको मिलेमतोमा रकम अनियमित गरेको देखिन्छ ।

      जसले गर्दा अनुदान दिने निकाय एचभिएपी र कृषि विकास निर्देशनालयले पूर्वाधार निर्माण कार्यको मुल्यांकन नगरी अनुदान रकम सोझै भुक्तानी दिएको प्रष्ट हुन्छ ।

      ‘निर्माण गर्दैछाैं’ : लगानीकर्ता

      कोल्ड स्टोरको फउण्डेसन निर्माण भै काम सुचारु नभएको दुई वर्ष पुग्नै लागेको छ । तरपनि यता निर्माण कम्पनी भने भवन निर्माण प्रक्रियामै रहेको बताउछन् ।

      उदेश्य अनुसारै काम भएको बताउँदै कम्पनीको सञ्चालक समिति अध्यक्ष कलाधर उपाध्याय (केदार शर्मा)ले भने, ‘सहयोगीदाता र कम्पनीको उद्देश्य अनुसार काम भएको छ ।’

      फाउन्डेशन निर्माण कार्य मात्र गरेको कम्पनीले भने अहिले कोल्ड स्टोर सञ्चालनका लागि भारतबाट सामान आयात गर्नुपर्ने बताउँछ । भारतबाट आयात गर्नुपर्ने सामाग्री भएकाले निर्माण कार्यमा ढिलाइ भएको बताउँदै अध्यक्ष उपाध्यायले भने, ‘कोल्ड स्टोरको ९०–९५ प्रतिशत उपकरण भारतबाट ल्याउनुपर्ने भएकोले ढिलाई भएको हो ।’ केही महिनाभित्र पुनः निर्माण कार्य थालनी गरिने उनको दावी छ ।

      के भयो चिस्यान केन्द्रलाई ?

      • २०७४/०७५ मा कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिले कोल्ड स्टोर सञ्चालन योजना अघि सा¥र्यो ।
      • १० रोपनी क्षेत्रफल जग्गामा कोल्ड स्टोर निर्माण गर्नेगरी वीरेन्द्रनगर औद्योगिक क्षेत्रसँग २०७४ माघ १५ मा सम्झौता गरियो ।
      • उच्च मुल्य कृषि विकास परियोजना (एचभिएपी) र कृषि विकास निर्देशनालयले कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिलाई कोल्ड स्टोर निर्माणका लागि अनुदान दिए ।
      • २०७४/०७५ मा एचभीएपीले ६९ लाख ८९ हजार र २०७६/०७७ मा कृषि विकास निर्देशनालयले २७ लाख १२ हजार रुपैयाँ अनुदान सोझै कम्पनीलाई भुक्तानी गरे ।
      • कर्णाली कोल्ड चेन लजिष्टिक प्रालिले समेत अनुदान रकम बराबर लगानी गरी हालसम्म कोल्ड स्टोर सञ्चालनमा ल्याईसक्नुपर्ने थियो । तर कम्पनीले कोल्ड स्टोर भवनको फाउन्डेशन भन्दा माथी निर्माण गर्न सकेन ।
      • २०७६ माघ १५ सम्ममा कम्पनीले निर्माण कार्य पुरा गरी सञ्चालनमा आउनुपथ्र्यो । सम्झौता वमोजिम नभएपछि वीरेन्द्रनगर औद्योगिक क्षेत्रले जरिवाना तिरायो । अहिले कम्पनीलाई चालु आर्थिक वर्षको मसान्तसम्ममा कम्पनी सञ्चालनमा नल्याए सम्झौता खारेज गर्ने वीरेन्द्रनगर औद्योगिक क्षेत्रको योजना छ ।
      0 Comments

      *Enter your name

      *Email not valid.

      *2 characters minimum.

      Do not change these fields following

        Tags: अनियमितताकाेल्ड स्टाेरकृषि विकास निर्देशनालयसुर्खेत

        Related Posts

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग
        राष्ट्रिय

        ७५० पालिकाको नतिजा सार्वजनिक

        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना
        मुख्य समाचार

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु
        समाचार

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ
        प्रदेश

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’
        समाचार

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]
        मुख्य समाचार

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        https://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gifhttps://dullukhabar.com/wp-content/uploads/2021/06/corona-add-rm-Dailekh.gif

        भर्खर

        स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न माग

        ७५० पालिकाको नतिजा सार्वजनिक

        ९ पुष २०७८, शुक्रबार ०७:०५
        क्वारेन्टाइनको सामग्री लिएर गएको मिनिट्रक दुर्घटना

        सिस्ने बस दुर्घटना : मृतक २ जनाकाे पहिचान खुल्याे, ३८ जना घाइते

        ९ पुष २०७८, शुक्रबार ०७:०५
        भारतबाट नेपाल फर्किन लागेका दैलेखका  चार जनाको सवारी दुर्घटनामा मृत्यु

        दैलेखकाे सिस्नेमा बस दुर्घटना, चार जनाकाे मृत्यु

        ९ पुष २०७८, शुक्रबार ०७:०५
        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        गणतन्त्र दिवस मनाउन प्रदेश सरकारको कार्यतालिका यस्तो छ

        ९ पुष २०७८, शुक्रबार ०७:०५
        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        १८ वर्षीय डोरबहादुर खपांगी विश्वकै होचा ‘टिनएजर’

        ९ पुष २०७८, शुक्रबार ०७:०५
        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

        ९ पुष २०७८, शुक्रबार ०७:०५
        Dullu Khabar

        सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
        ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
        सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
        इमेल : dullukhabarinfo@gmail.com
        हाम्राे टिम
        अध्यक्ष : शेर बहादुर शाही
        सम्पादक : इश्वरराज भण्डारी
        व्यवस्थापक : सुवर्ण शाही
        कार्यकारी सम्पादक : नविन शाही

        समाचार

        • समाज
        • खेलकुद़़
        • जीवनशैली/स्वास्थ्य
        • प्रवास
        • अन्तराष्ट्रिय

        विजनेश

        • बजार
        • पर्यटन
        • रोजगार
        • बैँक / वित्त
        • अटो
        • सूचना-प्रविधि

        मनोरञ्जन

        • फलाे-अप
        • गसिप
        • बलिउड / हलिउड
        • भिडियो
        • ताजा समाचार

        हाम्राे फेसबुक पेज

        • हाम्रो बारेमा
        • हाम्रो टिम
        • सम्पर्क
        • Preeti to Unicode

        © 2019 DulluKhabar.Com | By: HostMero.

        No Result
        View All Result
        • होम
        • मुख्य समाचार
        • प्रदेश/स्थानीय सरकार
          • स्थानीय
          • प्रदेश
        • विशेष
        • समाज
        • अर्थ खबर
        • खेलकुद
        • सूचना प्रबिधि
        • विचार/ब्लग
        • अन्य
          • पत्रपत्रिका
          • शिक्षा
          • स्वास्थ्य
          • साहित्य
          • फाेटाे ग्यालरी
          • घुमफिर
          • सूचना प्रबिधि
        • Video
        • Epaper

        © 2019 DulluKhabar.Com | By: HostMero.

        Advertisement