सुर्खेत । दुल्लू नगरपालिका –८ का दलित महिला सदस्य विस्ना सार्कीको निधन भएके छ । विस्नाको पुस १ गते साँझ निधन भएको हो ।
७१ वर्षीय विस्नाको रोकायाबाडा स्थित घरमा निधन भएको छ ।
नेपाली कांग्रेसबाट वडाकाे दलित मिहला सदस्यमा निर्वाचीत भएकी थिईन् । विस्ना तत्कालीन विद्रोही पक्ष माओवादीविरुद्ध २०६१ सालमा भएको दुल्लू विद्रोहको नेतृत्वकर्ताको भूमिकामा थिईन् ।
नगरप्रमुखद्वारा शोक व्यक्त
दलित महिला सदस्य विस्ना सार्कीको निधनप्रति नगरप्रमुख घनश्याम भण्डारीले शोक व्यक्त गरेको छन् ।
विस्नाको निधनले नगरपालिका कार्यालयलाई अपुरणीय क्षती महसुस भएको भन्दै शोक व्यक्त गरेका हुन् ।
साथै, मृतात्माको चीर शान्तिको कामना सहित श्रद्धाञ्जली अर्पण गरिएको छ ।