काठमाण्डौ । नेपाली कांग्रेसको सभापति चयनका लागि फेरि हुने चुनावमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गरेपछि प्रतिस्पर्धी शेखर कोइरालाको समूह दोस्रो चरणको चुनावमा जाने कि नजाने भनेर छलफल गरिहेका छन्।
छलफल होटल मेरिटमा जारी छ।
प्रकाशमानले देउवलाई सहयोग गर्ने घोषणा गरेपछि अब दोस्रो चरणमा उठ्ने कि न उठ्ने विषयको छलफल भइरहेको स्रोतले जनाएको छ।
छलफलमा डा मीनेन्द्र रिजाललगायत शेखर काेइराला समूहका नेता सहभागी छन्।