सल्यान । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका -१० सादनबासका ६ बालबालिकाकाे उद्धार गरिएकाे छ । धादिङको एक इँटाभट्टामा ललाइफकाई काम गर्न लैजाँदै गरेका बालबालिकालाई प्रहरीले उद्धार गरेको हाे ।
उनीहरूलाई शारदा नगरपालिका–१ श्रीनगरबाट उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार उनीहरु ५,७,९,११ र १३ वर्षका थिए । उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। कार्यालयका अनुसार आर्थिक अवस्था कमजोर भएका जिल्लाका बालबालिकालाई विभिन्न प्रलोभन देखाएर काठमाडाैं, भक्तपुर, ललितपुर र धादिङका इँटाभट्टामा मजदुरी गराउन लैजाने गिरोह सक्रिय भएकाे पाइएकाे छ ।