सुर्खेत । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तरगत कर्णालीमा त्रीपक्षीय प्रतिस्पर्धा हुने भएको छ । तल्लो तहका अधिवेशनमा संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापनइतर (वरिष्ठ नेता रामचन्द्र पौडेल) समुहबाट चुनावी प्रतिस्पर्धा भै आएकोमा प्रदेश अधिवेशनमा भने उपसभापति विमलेन्द्र निधी समुहबाट पनि प्रतिस्पर्धा हुन लागेको हो ।
देउवा समुहबाट जुम्लाका ललितजंग शाही, पौडेल समुहबाट कालिकोटका भुपेन्द्रजंग शाही र निधी समुहबाट कालिकोटकै मोतीराज बमले सभापति पदमा उम्मेदवारी दिएका छन् ।
देउवा र पौडेल समुहबाट पदाधिकारी सहित सदस्यहरुमा पुरै प्यानलगत उम्मेदवारी दर्ता भएको छ । यस्तै, निधी समुहबाट सभापति र सदस्य भुगोलतर्फबाट दश वटै जिल्लाबाट सदस्यमा मनोनयन दर्ता गरिएको सभापति उम्मेदवार बमले दुल्लूखबरलाई जानकारी दिए ।
निधी समुहका बम यसअघि देउवा समुहमा थिए ।