सुर्खेत । कर्णाली प्रदेश सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समर्थन जनाएको छ । यसअघि सरकार गठनमा तटस्थ बसेको राप्रपाले आज मुख्यमन्त्री जीवन बहादुर शाहीलाई विश्वासको मत दिने क्रममा समर्थन जनाएको हो ।
एक सदस्यीय संसद्मा उपस्थित रहेको राप्रपाको सोशिला शाहीले दलीय आधारमा भनाई राख्दै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई आफ्नो समर्थन रहेको जानकारी दिइन् ।