सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सुर्खेत जिल्लामा सभापतिका लागि खड्ग पोखरेलकाे एकल उम्मेद्वारी दर्ता भएकाे छ । नेपाली काँग्रेसको जिल्ला कार्यसमितिमा पोखरेलसहित बाँकी पदाधिकारीहरुमा उम्मेद्वारी दर्ता भएको हाे ।
पोखरेल संस्थापन समुहका महामन्त्री पूर्णबहादुर खड्का निकट हुन् ।
सोही पक्षबाट उपसभापतिमा विष्णु खड्का र टोपबहादुर रावत, सचिवमा देवकुमार सुवेदी र बालदिप कँडेलले उम्मेदवारी दर्ता गराएका छन् । सह–सचिवमा हरि विष्ट र प्रकाश डिसीको नाम टुंगिएको संस्थापन पक्षले जनाएको छ । यदपी विष्टले भने असन्तुष्टि जनाएका छन् ।
रामचन्द्र पौडेल पक्षबाट भने सभापतिमा उम्मेदवारी दर्ता गराएको छैन् । महाधिवेशन प्रतिनिधिमा पाैडेल पक्षलाइ संस्थापन पक्षले क्लीनस्वीप गरेपछि सभापति बाहेकका पदमा उम्मेदवारी दर्ता गराएको छ ।
उप सभापतिमा टेकबहादुर सिंह र शोभा शर्मा, सचिवमा अनन्त पौडेल र जनकबहादुर रावल तथा सहसचिवमा भिमबहादुर शाही र लोकबहादुर पन्तले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सदस्य पदमा पनि दुवै पक्षले उम्मेद्वारी दर्ता गराएका छन् ।
मनोयन दर्ता समय अहिले साँझ ५ बजेदेखी राती ८ बजेसम्म समय तोकिएको छ । उम्मेदवारको नामावली राती ८ः३० बजे प्रकाशन गर्ने, दावी विरोध आजै राती साढे ८ बजेदेखी साढे ९ बजेसम्म, मनोनय फिर्ता भोली विहान ६ बजेदेखी सात बजेसम्म र उम्मेदवारको अन्तिम नामावली भोली विहान साढे ७ बजे प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।