सुर्खेत । नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तरगत दैलेखमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।
आज सम्पन्न निर्वाचनमा १ हजार ५ सय ५९ मत खसेको जिल्ला निर्वाचन अधिकृत बिवस बस्नेतले जानकारी दिए । उनका अनुसार कुल मतदाता संख्या १ हजार ५ सय ९४ रहेको थियो ।
निर्वाचन सम्पन्न भै मतगणनासम्मका लागि मतपेटी सुरक्षित गरि सकिएको अधिकृत बस्नेतले दुल्लूखबरलाई बताए ।
उनका अनुसार साँझ ७ बजेदेखि मतगणना प्रक्रिया अगाडी बढाइने छ । ‘मतदान प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ’ अधिकृत बस्नेतले दुल्लूखबरसँग भने, ‘दुईवटै प्यानलका उम्मेदवारहरुबीच छलफल गरी मतगणना कार्य सुरु गर्नेछौं ।’