काठमाडाैं । इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्।
वायुसेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले आइतबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोडिने इन्धन शुल्कमा अधिकतम २२० रूपैयाँ वृद्धि गरिएको जनाएको छ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रूपैयाँ मूल्य बढाएको थियो। सोहीअनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन्।
संघका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यका आधारमा हवाई भाडा वृद्धि गरिएको छ। काठमाडौंबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क अधिकतम १७० रूपैयाँ बढेको छ।
कहाँकाे कति भाडादर ?