सुर्खेत । कर्णाली प्रदेकाे मुख्य न्यायधिवक्तामा अधिवक्ता धुव्रकुमार श्रेष्ठलाइ नियुक्त गरिएकाे छ । आइतबार अधिवक्ता श्रेष्ठले पद तथा गोपनियताको शपथ समेत लिएका छन् ।
नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायधिवक्तामा श्रेष्ठलालाई नियुक्त गरि पद तथा गोपनियताको शपथ खुवाइएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद श्रेष्ठले जानकारी दिए । शपथ पछि श्रेष्ठले मुख्यन्यायधिवक्ताको कार्यालयमा आइतबार देखिनै पदभार ग्रहण गरेका छन् ।
यस अघि कर्णाली सरकारले मुख्य न्यायधिवक्तामा प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले धुव्रकुमार श्रेष्ठलाई नियक्तीका लागि प्रदेश प्रमुखको कार्यालय सिफारिस गरेका थिए ।