काठमाडाै । खानेपानी मन्त्री उमाकान्त चौधरीले आफूले मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलो पटक झापाको स्थलगत अनुगमन, निरिक्षणगरी मातहतका निकाय र जिम्मेवार पदाधिकारीहरुलाई यसै वर्ष भित्रमा सबै अधुरा आयोजनाहरु पुरा गर्न निर्देशन दिएका छन्। झापामा संघीय सरकारले २२ वटा र प्रदेश सरकारमार्फत ४६ वटा याेजनाहरू बजेटमा परेका छन् ।सोमाबार बिहान झापा सदरमुकाम आएका मन्त्री चौधरीले साँझ ८ बजेसम्म झापामा रहेका खानेपानीको समस्या र खानेपानी आयोजनाले वितरण गर्ने पिउने पानीको विषयमा स्थानीय उपभोक्ता समितिको सुझाव र मागपत्र ग्रहण गर्दै अधुरा आयोजना सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।
मन्त्री भएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको गृह जिल्ला पुगेका चौधरीले सोमबार एकै दिन झापाका १८ वटा खोनेपानी आयोजना र कार्यालयको स्थलगत निरिक्षण, अनुगमन गर्दै उपभोक्ता र कार्यालयका कर्मचारीको गुनासो सुनेका थिए ।
सबै नेपाली नागरिकलाई स्वच्छ खानेपानी र सरसफाईको मौलिक हक सविधानले सुरक्षित गरेको भन्दै मन्त्री चौधरीले सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने हो भने स्वास्थ्य क्षेत्रको ७० प्रतिशत समस्या समाधान गर्ने दाबी गरे।