दैलेख । दशैं भित्रिएसँगै शहरबाट गाउँ फर्किनेको ताती लाग्न थालेको छ ।
ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका साधन अपुग हुँदा नागरिकले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
भौगोलिक विकटता सँगै असुरक्षित सडकमा पाँच जना सीट क्षमता भएको निजी बोलेरो जीपमा कम्तीमा २५ जना सवार हुने गरेको पाइएको छ ।
जीपमा सवार यात्रु दैलेखको महाबु गाउँपालिका -५ कासिकाध दशैं मनाउन जादै गरेका यात्रु हुन ।
गाडीको सीट क्षमता नभएपनि अन्य सवारी साधन नभएकोले बाध्य भएर यात्रु बोक्नु परेको गाडी चालकको भनाई छ ।
‘सीट क्षमता थोरै मात्र छ । तर गाँउ जाने मान्छे लिनै पर्यो’ चालकले भने, ‘हामीले रहर नभै बाध्यताले यात्रु धेरै बोकेका हौ ।’
यता, गाडीको सीट क्षमता भन्दा धेरै यात्रु बोकेका सवारी साधनलाई चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
‘हामीले कडाइका साथ चेकजाँच गरेका छौं ।’ ड्युटीका प्रहरीले भने, ‘गाउँतिर जाने गाडीले हामीलाई छलेर जाने गरेका छन् ।’