अछाम । अछाममा जन्ती गएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा गाडी चालकसहित अन्य १६ जना बढी घाइते भएका छन्।
आइतबार राति पन्चदेवल विनायक नगरपालिका-१ कुइकामा से१च १७६३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
घाइते १६ जनामध्ये १४ जनाको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ भने वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज रिफर गरिएको छ।
दुर्घटना के कारणले भयो भन्ने खुलेका छैन। जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।