सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतकाे वीरेन्द्रनगरमा बडादशैंकाे अवसर पारेर शरदिय नवरात्र महाेत्सव सञ्चालन हुने भएकाे छ । वीरेन्द्रनगरकाे गणेश चौकस्थित गणेश मन्दिर अगाडी मौलिक परम्पराको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उदेश्यले महोत्सव सञ्चालन गर्न लागिएको हो ।
महाेत्सव घटस्थापनाकाे दिनदेखि नवरात्रीकाे दिनसम्म दैनिकजसाे विभिन्न कार्यक्रम सहित आयाेजना गरिने बताइएकाे छ ।
बैदीक सनातन धर्म सेवा समितीकाे आयाेजनामा धार्मिक संघ संस्था र मठ मन्दिर व्यवस्थापन समितिको समन्वय तथा हिमालयन सिद्ध महायोगको सहकार्यमा महोत्सव आयाेजना गरिएकाे हाे ।
दैनिक योग-ध्यान साधना, नृत्य पूजा अर्चना, सप्त सति पाठ, रामचरित्र मानस नवा पाठ, प्रवचन-सप्तसंग, सन्ध्या आरती पुष्पाञ्ली, भजन, कृतन र नृत्य सञ्चालन गरिने आयोजकले जनाएको छ ।
आयाेजकका अनुसार महोत्सवको शुरुको दिन कालिका मन्दिरबाट कलश यात्रा हुनेछ भने कलश यात्रासहितकाे बजार परिक्रमापछि गणेश मन्दिरमा पुगेर महोत्सवको उद्घाटन गरिने भएकाे छ ।