रूकुम । नेपाली कांग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका मगर निर्वाचित भएका छन्। आज भएको जिल्ला अधिवेशनबाट रोका जिल्ला सभापतिमा सर्वसम्मत चयन भएको कांग्रेसले जनाएको छ।
रोका वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।
१४ औं महाधिवेशन अन्तर्गत काङ्ग्रेसले जिल्ला अधिवेशन तथा महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन सुरू गरेको छ।