सुर्खेत । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुनमन्त्री सिताकुमारी नेपालीले कर्णालीमा विपतमैत्री नीति वन्ने वताएकी छन् । कर्णाली प्रदेश सरकारले निर्माण गर्ने हरेक नीति विपतमैत्री बनाइने मन्त्री नेपालीले जानकारी दिइन् ।
दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह अन्तरगत विहिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेशको विकास योजनामा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी प्रादेशीय परामर्श कार्यक्रममा मन्त्री नेपालीले दिगो विकास लक्ष्य अनुसारको कार्य गर्न विपतमैत्री नीति वनाउन लागेको वताएकी हुन ।
कर्णाली प्रदेश योजना आयोग र आइओएमले सयुक्तरुपमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी प्रादेशीय परामर्श कार्यक्रममा मन्त्री नेपालीले छिट्टै कर्णाली प्रदेश सरकारले प्रदेशको विपत ब्यवस्थापन सम्बन्धी नीति वनाउन लागेको पनि जानकारी दिइन् । कर्णालीको परिवेश अनुसार विपतसंग जुध्न विपत ब्यवस्थापनको पुर्व तयारीमा लाग्नुपर्ने वताइन् ।
“विपतलाई न्युनिकरण गर्नको लागी पुर्व तयारी नै महत्वपुर्ण कार्य हो, त्यसै अनुसार पुर्व सुचना प्रणली ब्यवस्थित गरेर काम गरे प्रभावकारी हुन्छ” उनले भनिन् ‘विपत आउनुको कारण पहिचान गरेर प्रतिकार्यका लागि तयारीमा जुट्नुपर्छ, अबका काम गर्दा भु–उपयोग नीतिसंग सम्बन्धीत भएर गर्दा उत्तम हुन्छ ।’
गरिबीको कारण पनि विपत ब्यवस्थापनमा समस्या भएको छ, खोला किनार तथा भिरालो जमिन नजिक वस्ती वस्ने गरेको देखिन्छ, अवका नीति तथा कार्यक्रममा त्यस्ता वस्ति विकास योजना वनाउदा सुरक्षित स्थानमा स्थान्तरण गर्ने गरि कार्य योजना वनाउनुपर्छ मन्त्री नेपालीले भनिन् ।
वजेट अभावमा योजना अपुरा भइ अलपत्र हुने र पछि त्यही कारण वाढी पहिरो तथा भुःक्षय हुने हुदा विपतको प्रमुख कारण अधुरा योजना पनि भएको मन्त्री नेपालीले वताइन् । “कर्णालीको भुगोल अनुसारको विकास हुदैन, अध्ययन विना अन्धाधन्दा विकास गर्ने प्रवृती छ, विकास गर्ने होडवाजीले गर्दा कर्णालीमा विपत जोखिम वढेको देखिन्छ” उनले भनिन् ।
कार्यक्रममा कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष डा. सर्बराज खड्काले विपतको आँखावाट विकास निमार्णलाई हेनुपर्ने वताए । “सम्भाब्यताको अध्ययन गरेर गरिने विकास दिगो हुन्छ, योजनावद्ध विकासले प्रदेशको विकास हुन्छ र यसले विपत जोखिम न्युनिकरण हुन्छ” उनले भने । सरकारको नेर्तत्वमा सरोकारवाला सबैले विपत जोखिम न्युनिकरण गर्न लागे मात्रै दिगो विकास लक्ष्य हासिल गर्न सहज हुने उपाध्यक्ष्य खड्काले वताए ।
कार्यक्रममा सहभागी कर्णाली प्रदेश सरकारका विभिन्न विषयगत मन्त्रालयका योजना महाँशाखा प्रमुखहरुले वातावरणीय प्रभावमुल्याङकन विनाको विकास विपतको मुख्यकारण भएको वताएका छन ।
वातावरणीय प्रभावमुल्याङकन विना गरिएको विकास निमार्ण अहिलेको विपतको प्रम्ख कारण भएको उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालयका शेरवहादुर श्रेष्ठले वताए । “सडक वनाउने, ढलको पानीको लागी कुलो नवनाउने, निकास नहुने हुदा समस्या भएको हो” उनले भने । हचुवाको भरमा विकास गर्ने होडवाजीका कारण गाँउमा विपत निम्त्याएको उपसचिव श्रेष्ठको भनाई छ ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका योजना महाशाखाका युवराज न्यौपानेले ग्रामिण वस्तीमा विकासको नाउमा सडक लगाएतका कार्य गर्दा पहुचका अधारमा निमार्ण कार्य शुरु हुने भएकोले त्यो ठाँउको लागी योजना उपयुक्त होकी होइन भनेर त्यसको अध्ययन गर्नुपर्ने वताए । बिना अध्ययन विकास निमार्णका काम हुन्छन अनि पछि त्यहि विकासका कारण विनास हुन्छ उनले भने । विपत अनुसारको राहत र जिम्मेवारी प्रष्ट नहुदा विकृती वढेको भन्दै कानुनमै प्रष्ट ब्यवस्था हुनुपर्ने वताए ।
कर्णाली प्रदेश वहुप्रकोप घटना हुने प्रदेश भएकोले यहाँको भुगोलको भिरालो जमिन भएको कारण वढि प्राकृतिक जोखिम हुने गरेको कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले वताए । कर्णालीको समस्या समधान गर्न सरोकारवाला सबै विपत पुर्व तयारी गर्नुपर्नेमा उहाँले जोड दिए ।
विभिन्न विषयगत मन्त्रालयका महाँशाखा प्रमुखहरुले राज्यका हरेका कार्यक्रम विपतमैत्री वनाउनुपर्नेमा जोड दिएका छन । उनिहरुले नीति वनाउदा हतार गर्न नहुने तर नीति वाइसकेपछि कार्यान्वयनमा छिटो छरितो जानुपर्ने उनिहरुले भनाइ छ । यहि असोज १ गतेदेखी दिगो विकास लक्ष्य कार्य सप्ताह सुरु गरिएको कार्यक्रम आगामी असोज १२ गते सम्म संचालन हुने किर्डाक नेपालका कार्यक्रम ब्यवस्थापक नविनकुमार शाहीले जानकारी दिए ।