सुर्खेत । भारतकाे हिमाञ्चल प्रदेशस्थित सिम्लाबाट नेपाल आउँदै गरेका निरज शाही सम्पर्कविहीन भएका छन् । जाजरकाेटकाे जुनीचाँदे गाउँपालिका- २ स्थायी घर भएका १८ वर्षीय शाही गत भदाैं १९ गते सिम्लाबाट नेपाल आउन भनी हिडेका थिए ।
भारतमा मामाको साथमा बस्दै आएका शाही कक्षा १२ को परीक्षा दिन भनी घर फर्किदै गरेकाे अवस्थामा भारतबाटै सम्पर्कविहीन भएकाे उनका अंकल (कान्छा बुवा) बिर्खबहादुर शाहीले जानकारी दिए । ‘१२ कक्षाकाे परिक्षा दिने भनेर भदाैं १९ गते सिम्लाबाट हिँडेकाे खबर आएकाे थियाे ।’ उनले भने, ‘ छाेराकाे खाेजी कार्य भैरहेकाे छ । आजसम्म सम्पर्कमा आएकाे छैन ।’
साथै, परिवारले शाहीलाइ काेहीकसैले फेला पारेमा प्रहरी वा आफन्तलाइ (बुवा पूर्ण बहादुर शाही ९८५८०९०७९०) खबर गरिदिन आग्रह समेत गरिएकाे छ ।