सुर्खेत । योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आफ्नो दोस्रो साधारण सभा मनाएको छ । विक्रम संवत् २०७५ सालमा स्थापित उक्त प्रतिष्ठानले स्थापना दिवसको अवसरमा आज औपचारिक कार्यक्रम मार्फत साधारणसभा मनाएको हो ।
साधारणसभामा प्रतिवेदन सार्वजनिक गर्दै महासचिव लक्ष्मी कुमारी शाहीले दक्ष जनशक्ति उत्पादनका लागि सीपयुक्त शैक्षिक गतिबिधिहरु सञ्चालन गरिएको जानकारी दिइन् ।
प्रतिष्ठानले शैक्षिक सत्र २०७७/०७८ देखि डिप्लोमा ईन इन्जिनियरिङ, डिप्लोमा इन फरेष्ट्री (वन विज्ञान) र डिप्लोमा ईन एग्रीकल्चर (वाली विज्ञान) अध्यापन गराउँदै आएको छ ।
महासचिव शाहीका अनुसार प्रतिष्ठानमा १०६ जना विद्यार्थीले प्राविधिक शिक्षा लिइरहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष धर्मराज शाहीले गुणस्तरीय र सिपयुक्त प्राविधिक शिक्षा सञ्चालनका लागि आफु निरन्तर पहल गरिरेहकाे बताए । उनले प्रतिष्ठानलाइ थप उचाइमा पुर्याउन हरेक कदम चालिने जानकारी दिए ।