काठमाडाैं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि सनाखत गरिसकेका छन्। जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन्।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि बुधबार आयोगमा प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिए।
जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये दुई जना निलम्बनमा परेका छन्।
निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको झाले बताए। चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिए।
केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ।
काे हुन् सनाखत गर्ने १४ सांसद
१) महन्थ ठाकुर,
२) राजेन्द्र महतो,
३) शरतसिंह भण्डारी,
४) अनिलकुमार झा,
५) लक्ष्मणलाल कर्ण,
६) चन्दा चौधरी,
७) निर्जला राउत,
८) विमलप्रसाद श्रीवास्तव,
९) उमाशंकर,
१०) एकवाल मियाँ,
११) चन्द्रकान्त चौधरी,
१२) दुलारीदेवी खँग खत्वे,
१३) कल्लुदेवी विश्वकर्मा,
१४) शेखरकुमार सिंह