काठमाण्डौ । प्रेस काउन्सिल नेपालका पदाधिकारी र कर्मचारीले एकै दिन, एउटै व्यक्तिले ४-५ ओटा बैठकमा बसेर भत्ता नलिएको बताएको छ । ‘प्रेस काउन्सिलका पदाधिकारी र कर्मचारीले ३ महिनामा लिए लाखौं भत्ता’ शीर्षकको समाचार दुल्लुखबरले प्रकाशन गरेपछि त्यसको खण्डन गर्दै प्रेस काउन्सिलले यसमा सत्यता नभएको स्पष्ट पारेको हो ।
समाचारमा ‘अदालतमा सेटिङ्ग मिलाउने भनेर सर्वोच्च अदालतका प्रेसविज्ञ किशोर पौडेल र माओवादी मिलाउने नाममा उजिर मगर (इन्द्रमान बुढा) अनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने नाममा कोरोना संक्रमण भएर घरमै बसेका गोविन्द चौलागाईंलाई अस्पताल बसेको निहुँ पारी काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सवा ४ लाख निकासा दिएको खुलेको छ ।’ उल्लेखित विषयलाई खण्डन गर्दै प्रेस काउन्सिलले भ्रमपूर्ण भएको बताएको छ ।
साथै, काउन्सिलले पदाधिकारीबीच भएको विवाद भएको भन्ने कुरा समेत गलत भएको जनाएको छ ।