काठमाडाैं । सरकारले विदेश जाने कामदार र विद्यार्थीको हकमा कोरोना भाइरसविरूद्धको खोप लगाउन दुइटा अस्पताल तोकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचाना जारी गर्दै अब विदेश जानेहरूले उपत्यकाको प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने जनाएको छ। तर खोप लगाउन जाँदा पासपोर्ट र भिसा भने देखाउनुपर्ने भनिएको छ। यसअघि भने सबै केन्द्रबाट विदेश जानेहरूका लागि खोप दिइराखिएको थियो।
पछिल्लो समय विभिन्न देशहरूले बाहिरबाट आउने कामदार र विद्यार्थीलाई खोप अनिवार्य गरेकाले अहिले खोप लगाउनेको संख्या बढेको छ।
साथै, खोप लगाउँदा विदेशमा क्वारेन्टिनमा बस्नु नपर्ने भएकाले पनि अहिले सबै कामदारहरूले खोप लगाएका छन्।