सुर्खेत । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–८ लालुमा नेपाली कांग्रेसले वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा कार्यालयले बिभिन्न योजनामा अनियमिता गरेको भन्दै तालाबन्दी गरिएको हो ।
स्थानीय स्वास्थ्य चौकीको सोलार सिस्टम व्यक्तिगत रुपमा प्रयोग गरिएको, वडा कार्यालयले खरीद गरेको मोटरसाइकल अवस्था अहिलेसम्म पनि अज्ञात रहेको, मदिरा नियन्त्रणमा वडा कार्यालयले अनदेखा गरेको, सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाई गरेकोले तालाबन्दी गरिएको नेपाली कांग्रेसका वडा सभापति दंगली बिष्टले बताए ।
वडामा निर्माण गर्न थालिएको योगी नरहरिनाथ संग्राहलय निर्माणमा अनियमिता भएको त्यसको सार्वजनिक सुनुवाई हुनुपर्ने र कामका लागि खाद्यान्नको चामल वितरणमा मापदण्ड विपरित गरिएकाले तालाबन्दी गरिएको सभापति दंगली बिष्टले बताए । ‘हामीले सर्वदलीय बैठक राखेका थियौं । त्यहाँ पनि यही कुरा राखेका थियौं ।’ उनले भने,‘त्यो कार्यान्वयन नभएसम्म तालाबन्दी खुल्दैन् ।’