सुर्खेत । हिन्दु नारीहरूकाे महान पर्व हरितालिका तीज नजिकिदैं गर्दा यससँग सम्बन्धित गीतहरू दैनिक सार्वजनिक हुन थालेका छन् । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा यसपटकका लागि भने ‘मेराे नाचाे’ तीज गीत सार्वजनिक भैसकेकाे छ । २२ जुलाइ २०२१ अर्थात साउन ७ गते युटुवमा सार्वजनिक भएकाे याे म्युजिक भिडियाे तीन दिनमै धेरै दर्शकसामु पुगिसकेकाे छ ।
मनमा जति पीर व्यथा भएपनि नाच्ने मनको रहर कोही कसैले रोक्न सकेन भन्ने भावमा सिर्जीत उक्त गीतले देशकाे व्यवस्थालाइ समेत इंकित गरेकाेले पनि समाचार तयार पार्दासम्म ‘मेराे नाचाे’ म्युजिक भिडियाे २७ हजार १ सय २४ पटक हेरिएकाे छ ।
यसअघि शाहीकाे ‘सुन फल्न्या कर्णाली’ले पनि निकै चर्चा पाएकाे थियाे । उक्त म्युजिक भिडियाे युटुव च्यानलमा एक लाख तीन हजार सात १६ पटक हेरिएकाे छ ।
याे गीतमा काे-कसकाे संयाेजन छ ?
प्रकाश शाहिकाे ‘मेराे नाचाे’ तीज गीतमा लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको छ । गीतमा शब्द तथा संङ्गीत प्रकाश शाहिको रहेको छ भने एरेन्ज बिपिन आचार्यले गरेका छन् ।
उक्त गीतको छायाङ्कन अर्जुन सापकोटाले गरेका छन् । सो म्युजिक भिडियोकाे चन्द्र मन्दिरले निर्देशन गरेका हुन् भने कोरियोग्राफर सीता भण्डारीले गरेकी छन् ।
म्युजिक भिडियाे निर्मल प्याकुरेलले सम्पादन गरेका हुन् भने उक्त भिडियो निर्माता ज्योति पौडेल (शाहि) रहेकी छन् ।
यस म्युजिक भिडियोमा सुधा कार्की, बिनम कँडेल, ममता खडलुक, जानकी शाहि, लक्ष्मी शाहि, भूमिका खड्काको बेजोड अभिनय रहेको छ ।
यस्तै, ड्रेस, मेकअप इन्द्र जित खड्काले गरेका हुन् ।