काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेस गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिका अध्यक्ष शशी श्रेष्ठले कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेस गर्ने कार्यसूची पनि छ।