काठमाडाैं । पशु चाैपायाकाे दुर्घटना बढ्न थालेपछि काठमाडाैंकाे ट्राफिक प्रहरी कार्यालय बल्खुले टल्कने स्टिकर लगाउने अभियान सुरू गरेकाे छ । बल्खु क्षेत्रकाे सडकमा छाडा छोडिएका चौपायाका कारण रातको समयमा दुर्घटना बढेकाे भन्दै न्युनिकरण गर्नका लागि चाैपायाकाे घाँटीमा टल्कने स्टिकर लगाउने अभियान गरेकाे हाे ।
रातको समयमा चौपायाहरु सडकमा आउने र चालकले नदेख्ने हुँदा दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुका प्रहरी नायव निरिक्षक मिलन कुमार सिंहले जानकारी दिए । ‘पशुचाैपायाकाे कारण सडक दुर्घटना बढ्न थालेपछि यसकाे न्युनिकरण गर्न स्टिकर लगाउने गरिएकाे हाे’ सिंहले भने, ‘याे अभियान उपत्यकाभरि नै चलाइएकाे छ ।’
यसैगरि, ट्राफिक प्रहरीले मास्क सचेतना अभियानलाइ पनि निरन्तरता दिएको छ । उपत्यकाका सार्वजनिक सवारीहरुमा स्वास्थ्य मापदण्ड पालना भए नभएको समेत अनुगमन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।