पाेखरा । पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ। जिसीलाई शुक्रबार बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए। मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो।
सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बरालले बताए।
‘सामान्य मस्ष्तिस्कघात हो, उहाँ खतरामुक्त हुनुहुन्छ’, बरालले भने, ‘डाक्टरले दाहिने साइडको एउटा नसा ब्लक भएको भनेका छन्, देब्रे हर चलाउन गाह्रो भएको छ।’