वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका १० मनिकापुरका २६ जना नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा क्रियाशिल बनेका उनिहरू पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन् ।
मनिकापुरका स्थानीय कृष्ण कुमार खत्री र राजेश विसीकाे नेतृत्वमा उनिहरू संयुक्त पार्टी प्रवेश गरेका हुन् । उनिहरूलाइ वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वीरेन्द्रनगर १० का वडा सभापति रविन्द्रजंग शाही र नेपाल तरूण दल सुर्खेतका अध्यक्ष हरि विष्टले पार्टी प्रवेश तथा नेपाली काँग्रेसका तर्फबाट मंगलबार औपचारिक कार्यक्रम आयाेजना गरि स्वागत गरेका हुन् ।