काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूपक्षीय शीर्ष नेताहरुसँग छलफलमाआगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा छलफल गरेका छन् ।
छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो ।
शनिबार विहान देउवा आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् ।
उनका अनुसार देउवाले महाधिवेशनका आन्तरिक तयारीमा पनि जोड दिन र जित्ने गरी तयारीमा जुट्न नेताहरुलाई भनेका थिए ।