सुर्खेत । सर्वाेच्च अदालतबाट पुनर्बहाली भएका कर्णाली प्रदेशका चार सांसदमध्ये तीन जना पुन: निलम्बनमा परेका छन्। नेकपा एमाले संसदीय दलको निर्णय अनुसार प्रदेश सभा सचिवालयले उनीहरुलाई निलम्बित गरेकाे हाे।
सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णय अनुसार भौतिकमन्त्री अम्मरबहादुर थापा, उद्योगमन्त्री नन्दसिंह बुढा र भूमिमन्त्री कुर्मराज शाहीलाई निलम्बित गरिएको जनाएकाे छ।
उनीहरुलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे पक्षमा मत दिएर पार्टीकाे नीति विपरित कार्य गरेकाे अभियाेगमा दाेस्राे पटक कारबाही गरिएकाे हाे।
यसअघि कारबाहीमा परेपछि सर्वाेच्च अदालतबाट अन्तरिम आदेश लिएर उनीहरु पुनर्बहाली भएका थिए।