सुर्खेत । कालिकोटमा यही असार ७ गते राति १२ बजेदेखि असार १४ गते बजेसम्म निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण दर घट्दै गएको र जोखिम कायम रहेको भन्दै निषेधाज्ञाको अवधि थपिएको हो ।
जिल्ला कोरोना (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले निषेधाज्ञा लम्ब्याए निर्णय गरेको हो ।
गत बैशाख १० गतेदेखि थपिएको निषेधाज्ञाको अवधि मंगलबार (७ असार) भोलि रातिबाट सकिँदै छ ।
जिल्लाका ९ वटा स्थानीय तहमा कोरोना(कोभिड–१९) को संक्रम दर नरोकिएका कारणले निषेधाज्ञा लम्वाइएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
निषेधाज्ञा लम्बिएपनि सबै सरकारी तथा गैरसरकारी निकायका आवश्यक सेवाहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्ने पाइने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार बैंक बिक्तिय संस्थाहरु बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म खुल्ला रहनेछन् ।