सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ हटियामा सञ्चालित गंगामाला खाद्य स्टोरबाट अखाद्य सामाग्री बरामद गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले म्याद गुज्रिएका मैदा, सूजी, आटा पिठो, पापड लगायतका सामाग्री बरामद गरेको हो ।
म्याद सकिएको मैदा खाद्य स्टोरले विक्रि गरेपछि ग्राहकको गुनासो अनुरुप प्रशासनले स्थलगत अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामबहादुर बुढाका अनुसार उक्त खाद्य स्टोरबाट मैदा (५० केजी)को आठ बोरा, मैदा (२० केजी) को १२ बोरा, सुजी (२० केजी)को एक बोरा, आटा पिठो (५ केजी)को एक बोरा, र पापड २ प्याकेट बरामद गरिएको छ ।