सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा पेश भएकाेनीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे एमालेका प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिए ।
चार सांसदको पुनर्बहालीपछि बैठकमा सांसद प्रकाश ज्वालामात्रै उपस्थित भएका थिए भने अन्य तीन जना सांसद अनुपस्थित थिए ।
संसद बैठकमा ज्वाला पनि उपस्थिति हुने र विपक्षमा मतदान गर्न बैठकमा जानकारी गराउनुका साथै संसदमा प्रदेश सभाले तयार पारेको प्रतिपक्षकाे सीटमा बस्ने भएका छन् ।