सुर्खेत । कर्णाली प्रदेशका सांसद खड्ग खत्रीले प्रदेश सरकारलाई गम्भिर आरोप लगाएका छन् । उनले प्रदेश सरकार फिरौती उठाएर आएको र अहिले पनि अतिरिक्त रकम असूली गरिरहेको आरोप लगाएका हुन् ।
‘फिरौती उठाउँदै आएको सरकार अहिले पनि विल भपाई र कागज मिलाएर अतिरिक्त रकम असूली गरिरहेको छ । अगाडी काम गर्ने पछाडी विल मिलाउने गरेको छ । यसरी सरकार र कर्मचारीले कागज मिलाएर राज्यको ढुकुटी सकाएका छन्’ प्रदेश सभाको आठौं अधिवेशनको आठौं बैठकमा बोल्दै सांसद खत्रीले भने, ‘यो सरकार अन्धो, बहिरो छ । नीति विधि–विधान अनुसार चल्दैन ।’
मादल बजाउने, मयुर प्वाँख लगाउने, कुर्कुटा नाच्ने, सहकारी बनाउने बाजा, सुल्पाका लागि रकम छुट्याउने सरकारको नीति तथा कार्यक्रम पारित गर्ने पक्षमा आफुहरु नभएको सांसद खत्रीको आसय थियो ।