काठमाडौं। सर्वोच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाको मुद्दामा भएका फैसलाका सबै सक्कल मिसिल झिकाउन आदेश दिएको छ। फौजदारी मुद्दामा दोषी ठहर भएको व्यक्तिलाई मन्त्री बनाएको भन्दै परेकाे रिटमाथी आइतवार सुनुवाइ गर्दै यस्ताे आदेश दिइएकाे हाे ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र नहकुल सुवेदीको संयुक्त इजलासले मन्त्री थापाविरुद्ध कीर्ते जालसाजी मुद्दामा जिल्ला अदालत दैलेख, तत्कालीन पुनरावेदन अदालत सुर्खेत र सर्वोच्च अदालतबाट भएको फैसलाको मिसिल झिकाउन आदेश दिएको हो।
उक्त मुद्दामा दैलेख जिल्ला अदालतले २०४७ असार १४ र तत्कालीन पुनरावेदन अदालत सुर्खेतले २०५० पुस ६ र सर्वोच्च अदालतले २०५७ असोज २ गते गरेको फैसलासँग सम्बन्धित मिसिल झिकाउन पनि सर्वोच्चले आदेश दिएको हो।