सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । नगरपालिकाको कटकुवा स्वास्थ्य संस्थाकाे प्राङ्गणमा रिफिलिङ्ग सहितकाे अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।
कर्णाली प्रदेश सरकारको गत जेठ २० गतेको मन्त्रीपरिषद्को निर्णय बमोजिम सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिका बीच अक्सिजन प्लान्ट स्थापनाका लागि आज सम्झौता भएको छ । मन्त्रालयका तर्फबाट सचिव कृष्णप्रसाद काप्री र नगरपालिकाका तर्फबाट नगरप्रमुख देवकुमार सुवेदीले हस्ताक्षर गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको हो ।
सम्झौतामा मन्त्रालयबाट अक्सिजन प्लान्ट स्थापना गर्न एक पटकका लागि ६५ लाख रुपैयाँ वीरेन्द्रनगर नगरपालिकालाई उपलब्ध गराउने मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै, सोही कार्यक्रम र बजेटको परिधीभित्र रही उपयुक्त क्षमताको रिफिलिङ्गसहितको अक्सिजन प्लान्ट स्थापना गर्ने जिम्मेवारी नगरपालिकालाई तोकिएको छ ।
सम्झाैता पत्र पढ्नुहाेस् :